वेबसाइट र्याङ्किङ गर्ने ‘एलेक्सा’ बन्द हुँदै

काठमाडौँ - वेबसाइट र्याङ्किङ मापन गर्दै आएको साइट एलेक्सा बन्द हुने भएको छ । अमेजनले आफ्नो सहायक कम्पनी एलेक्सा बन्द गर्ने योजना सार्वजनिक गरेको हो । वेबसाइटको र्यांक मापन गर्दै आएको यो साइट विगत २५ वर्षदेखि सञ्चालनमा छ । एलेक्साले कुनै पनि वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरूको र्याङ्किङ मापन गर्ने गर्छ । नेपालमा पनि यो साइट हेरेर आफ्नो साइटको र्यांक हेर्ने गरेका छन् ।
एलेक्साले कुनैपनि वेबसाइटको सर्च इन्जिन अप्टमाइजेसन (एसइओ), अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा समेत उपलब्ध गराउँदै आएको थियो । कम्पनीका अनुसार सन् २०२२ को मे महिनाबाट यो पूर्णरूपमा बन्द हुने जनाएको छ ।
‘हामीले एलेक्सा आजभन्दा २५ वर्षअघि सुरुवात गरेका थियौ, दुई दशकभन्दा बढी तपाईंहरूलाई सेवा दिन पाउनु एक महत्वपूर्ण अवसर थियो । तर, अब भने हामी यसलाई बन्द गर्दैछौं । जुन हाम्रा लागि एकदमै कठिन निर्णय हो । यो आउँदो मे १ तारिखबाट पूर्णरूपमा बन्द हुनेछ ।’ अमेजनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया