राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर चिनियाँ टोली दाहाललाई भेट्न खुमलटारमा

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । नेपाल आएलगत्तै राष्ट्रपति भण्डारीसँग भेटघाट गरेपछि प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।
संसद् विघटनपछि नेकपामा चुलिएको विवाद मिलाउन आएको चिनियाँ टोली अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेको छ । दाहालसँग चिनियाँ टोलीको छलफल जारी छ । उनीहरुले आजै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाललाई पनि भेट्दैछ ।
नेकपामा आएको फुटबाट चिन्तित बनेका चिनियाँ कम्युनिस्ट पार्टी तथा राष्ट्रपति सि चिनफिङले नेकपा विवाद मिलाउन टोलीलाई काठमाडौं पठाएको हो । येझाउ नेतृत्वको ६ सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार अपरान्ह काठमाडौं आइपुगेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया