कांग्रेसको चाल गतिलो छैन : नरहरी आचार्य
काठमाडौँ - नेपाली कांग्रेसका नेता नरहरी आचार्यले अहिले राजनीतिक दलहरुको सञ्चालन मितव्ययी हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा नरहरी आचार्य जीवनको पाठशाला सम्झना र सम्बन्ध सार्वजनिक एवं अन्तरसम्वाद कार्यक्रममा उनले केन्द्रीय निर्वाचनदेखि पार्टीको आन्तरिक निर्वाचनसम्म दलहरुको खर्च असिमित देखिएको र मितव्ययी हुन नसकेको बताएका हुन् ।
उनले कांग्रेस पनि मितव्ययी हुन नसकेको भन्दै कांग्रेसको चाल पनि गतिलो नरहेको जिकिर गरे । त्यस्तै उनले संविधानमा उल्लेख बिषयलाई आवश्यक कानून निर्माण गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए । । संघले प्रदेशका लागि बनाउनुपर्ने कानून पनि बनाउन नसक्नु दुखको बिषय रहेको उनको भनाई छ । उनले संविधानले व्यवस्था गरेका अधिकारलाई कानून बनाएर लागू गर्नुपर्ने भन्दै त्यो अपूर्ण भए संविधान संशोधन गर्ने प्रावधान खुल्ला नै रहेको धारणा राखे ।
उक्त पुस्तक सांग्रीला बुक्सले प्रकाशन गरेको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया