एमाले केन्द्रीय कमिटी बैठक, १५ एजेण्डामा छलफल हुने
काठमाडौँ- शनिबार (आज)देखि सुरु हुने नेकपा एमाले केन्द्रीय कमिटीमा बैठकमा १५ वटा एजेण्डामा छलफल हुने भएको छ । १०औँ महाधिवेशन पछिको दोस्रो केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य चयनदेखि शपथग्रहण गर्न बाँकी सदस्यहरूको सपथ ग्रहण गराउनेलगायतका एजेण्डामा छलफल हुन लागेको हो ।
केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाँकी केन्द्रीय सदस्यहरूको शपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद गठन, कार्यविभाजनलगायतमा छलफल हुनेछन् ।
यसैगरी, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालयको व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण, जनसंगठन सुदृढीकरण अभियानलगायतका एजेन्डामा छलफल हुने तामाङले जानकारी दिएका छन् ।
बैठक जर्मन हाउस हस्पिलालिटी गठ्ठाघरमा बिहान ११ बजेदेखि सुरु हुँदै छ । गत १० मंसिरमा १० औं महाधिवेशनवाट नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले केन्द्रीय समितिको पहिलो बैठक सौराहा, चितवनमा सम्पन्न गरेको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया