किन गाउँ-गाउँ डुल्दैछन् बाबुराम ?

तनहुँ- हिजोआज पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राजधानी काठमाडौँमा कमै भेटिन्छन् । उनी कहिले गृहजिल्ला गोरखाको गाउँघर डुलिरहेका हुन्छन् । कहिले दाङ, बुटवलतिर भेटिन्छन् ।
जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. भट्टराईले नियमित जसो जनताको घरदैलो चाहार्दै गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याउँछन् । र उनी आलोचनाको ‘ईस्यु’ बन्छन् । आलोचनालाई पचाएर भट्टराई जनताको घरदैलोमा पुग्न छाडेका छैनन् । पूर्व प्रधानमन्त्री भट्टराई पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन ‘सुज’ अभियान लिएर देश दौडाहमा छन् ।
यही अभियान लिएर उनी बिहीबार साँझ तनहुँ आए । तनहुँमा उनले शुक्लागण्डकी नगरपालिका–९ घारी मालेबगरमा एक रात दलित समुदायको घरमा बिताए । पत्नी हिसिला यमीसहित आएका भट्टराईले आकाश नेपालीको घरमा एक रात बिताएका हुन् ।
प्रधानमन्त्री हुँदाको बखत नै दलित समुदायको घरमा बास बस्ने गरेका थिए । स्थानीय नेता कार्यकर्ताको हुल लिएर पुगेका भट्टराई दलित समुदायको घरमा बसे पनि बिहीबार साँझ र शुक्रबार विहानाको खानापानको व्यवस्था पार्टीले नै गरेको थियो ।
बिहीबार साँझ डा. भट्टराईले शुक्लागण्डकी नगरपालिका–९ मा जनता समाजवादी पार्टी वडा कमिटीको कार्यालयको उद्घाटन गरे । जसपा अब निर्वाचनमा होमिएको छ है भन्ने सन्देश स्पष्ट प्रवाह गरिरहेका छन् ।
शुक्रबार बिहान डा. भट्टराई र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले शुक्लागण्डकीका दुई स्थानमा भेटघाट र छलफल गरे । शुक्लागण्डकी नगरपालिका–८ लालिममा भएको भेटघाट डा. भट्टराईले जनताको समस्या जनताको घरदैलोमा पुगेर बुझ्नलाई आफुले अभियान चलाएको सुनाए ।
भट्टराईले यो देशलाई सम्बृद्धीको यात्रामा लैजान पुराना शक्तिले नसक्ने टिप्पणी गरे । केपी ओलीले पञ्चायतशैली देखाइरहेको उनको आरोप छ ।
डा. भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभएसम्म मुलुकमा राजनीतिक स्थिरता कायम नहुने दोहोर्याए । सत्ता साझेदार दलको गठबन्धन आगामी निर्वाचनसम्म रहने उनको दाबी छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया