मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सभापतिमा ६, उपसभापतिमा ६ र महामन्त्रीमा पनि ६ जनाको उम्मेद्वारी

सहमहामन्त्रीमा भने १९ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरगर्त नयाँ नेतृत्वको लागि नेताहरुले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिकाअनुसार सभापतिमा ६ जना,  उपसभापतिमा ६, महामन्त्रीमा ६, सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी दर्ता गरेका छन् ।  

सभापतिमा कल्याण गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, शेखर काेइराला र शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै उपसभापतिमा महेश आचार्य, सुजाता कोइराला, डा.चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, विजय गच्छदार र दिवेश्वर शाहले दर्ता गराएका हुन् । 

त्यस्तै महामन्त्रीमा विश्वप्रकाश शर्मा, डा.मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा.प्रकाशशरण महत, डा.राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।  सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे, फरमुल्लाह अन्सुर, मानबहादुर विश्वकर्मा, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, जीवनबहादुर शाही, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङदम्बे, चेतलाल बजाल, शेख वकील र उमाकान्त चौधरीले उम्मेदवारी दिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।  खुल्ला केन्द्रीय सदस्य १०९ जनाले मनाेनयन दर्ता गरेका छन् ।

 मनोनयनका लागि साँझ पाँच बजेसम्म तोकिएको थियो । निर्वाचन समितिले उम्मेदवारीको समय सकिएको बताएका छन् । दाबी विरोधका लागि भने २ घन्टा समय तोकिएको छ ।