अराजकता अन्त्य गर्न ताजा जनादेश चाहिन्छ : ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकबाट अस्थिरता र अराजकता अन्त्य गर्न ताजा जनादेशको विकल्प नभएको बताएका छन् । शनिबारबाट भक्तपुरमा सुरु पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले जनमत प्राप्त सरकारलाई हटाएर मुलुकमा अस्थीरता र अराजकता पैदा गर्न खोजिएको भन्दै ताजा जनादेशको बिकल्प नभएको बताएका हुन् । यसअघि एमालेकै भोटले जितेका व्यक्तिहरुले बेईमानी गरेको र पार्टीलाई बिगार्न खोजिएको उनले बताएका हुन् ।
उहाले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनका साथै अन्य निर्वाचनमा जीतको लक्ष्यका साथ तयारी गर्न निर्देशन दिए । उनले स्वार्थमा नभएर बिचारमा संगठित भएर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे । एमालेको बिजयीलाई सुनिश्चित बनाउनका लागि एकीकृत भएर जनतामाझ जार्नुपर्ने र यसका लागि कुनै मोर्चाबन्दीको आवश्यकता नरहेको उनको भनाई छ । अध्यक्ष ओलीले जनताका लागि गर्नैपर्ने बिभिन्न कामहरुको सूची वनाएर नै परिचालन हुन निर्देशन दिए ।
केन्द्रीय कमिटी बैठकले नेता अमृत बोहोरा एमाले सल्लाहकार परिषद्को अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ । बैठकले महाधिवेशनबाट अब एमालेमा फरक गुट र विचार नरहेको उल्लेख निष्कर्ष निकालेको छ । महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरुको कार्यविभाजन गर्दै बैठक आइतबार समापन हुने एमालेले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया