उम्मेद्वारी दर्तापछि अनुपम फुडल्याण्डमा शेखर टिमको छलफल

काठमाडौँ - सभापतिमा उम्मेद्वारी दर्ता गरेपछि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा शेखर कोइराला पक्षको भेला आयोजना गरिएको छ । उम्मेद्वारी दर्ता गरेपछि शेखरसहित उपसभापति र महामन्त्रीमा उम्मेद्वारी दर्ता गरेका नेताहरुको छलफल अनुपममा सुरु भएको हो ।
शेखरकाे प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारीले उपसभापतिमा उम्मेद्वारी दिएका छन् । यस्तै महामन्त्रीकाे उम्मेदवारमा गगन थापा र मिनेन्द्र रिजाल छन् । यस्तै सह-महामन्त्रीमा देवराज चालिसे, कमला पन्त, विकास लामा, बद्री पाण्डे लगायत उम्मेदवार छन् ।
यसअघि हिजो पनि मध्यरातसम्म अनुपममा साझा उम्मेद्वार उठाउने विषयमा छलफल भएको थियो । तर कुनै निष्कर्ष ननिस्केपछि संस्थापन इतरबाट शेखर कोइराला र प्रकाशमान सिंहले छुट्टाछुट्टै उम्मेद्वारी दर्ता गराएका हुन् ।
उम्मेद्वारी दर्तापछि कसरी प्यानलसहित चुनाव जित्ने भन्ने विषयमा छलफल चलिरहेको एक नेताले जानकारी दिए । सभापतिमा शेखरसँगै प्यानलमा अरु उम्मेद्वार पनि बलिया देखिएकाले संस्थापन इतर पक्ष आशावादी देखिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया