कांग्रेसमा १३४ पदमा ५४८ उम्मेदवार, प्रथम नामावली प्रकाशित (सूचीसहित)

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ ।
जसअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ ।
दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।
दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा राजाराम कार्की, प्रदीप पाैडेल र डा प्रकाशशरण महत रहेका छन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया