‘सूर्य होइन, हाँडी चिन्ह लिएर चुनावमा जानुहोस्’

सुर्खेत : नेकपाका नेता महेश बस्नेतले सूर्य चिन्हमा कसैले पनि दाबी नगर्न चेतावनी दिएका छन् । उनले दाहाल–नेपाल समूहलाई हाँडी लिएर चुनावमा जान आग्रह गरेका छन् । युवा संघ नेपाल कर्णाली प्रदेशले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै उनले भने ‘तपाईहरूलाई सूर्य चिन्ह सुहाउँदैन, हाँडी चिन्ह लिएर चुनावमा जानुहोस् ।’
केपी ओलीले दाहाललाई सुधारको लागि आफूसँगै लिएर गए पनि सत्तामा रहँदा दाहालले विकृति मच्चाएको बस्नेतले बताए । ‘उहाँ(दाहाल) केपीसँग मिल्न होइन, निल्न आउनुभएको रहेछ’ नेता बस्नेतले भने, ‘आफै जानुभयो हामीलाई हाइसन्चो भएको छ, शरीरको पिलो निचोरेर तौल घट्दैन ।’
उनले चुनाव जित्न नसक्नेहरू नै चुनावको विपक्षमा उभिएको जिकिर गरे । नेकपाको कार्यालय आफूहरूको रहेको भन्दै उनले यसमा कसैलाई पनि आँखा नलगाउन आग्रह गरे ।
स्वास्थ्य राज्यमन्त्री एव नेकपाका केन्द्रीय सदस्य नवराज रावतले प्रधानमन्त्रीको कदमको पक्षमा सर्वोच्च अदालतले फैसला गर्ने बताए । प्रधानमन्त्रीलाई अगाडि बढ्न नदिएपछि प्रतिनिधिसभा भंग गरिएको उनले बताए । ‘सूर्य चिन्ह अरुको होइन हाम्रै हुनेछ’ रावतले भने, ‘तपाईहरू ढुक्क भएर गाउँ–गाउँमा जानुहोस ।’
नेकपा पार्टी विभाजन नभएको भन्दै रावतले दाहाल–नेपाल समूहलाई बैठक बस्न आग्रह गरे पनि उनीहरू प्रधानमन्त्रीको आग्रह स्वीकार नगरेको बताए ।
‘उहाँ (माधव नेपाल) अध्यक्ष हुनुभएछ, हामीले सुन्यौ’ रावतले भने, ‘प्रधानमन्त्री हुने भए आगामी निर्वाचनमा आउनुहोस्, पार्टीको अध्यक्ष चाहिए महाधिवेशनबाट अघि बढौ ।’
युवासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले प्रतिनिधिसभा विघटन नभएइदिएको भए देश नै विघटनको स्थितिमा पुगेको दाबी गरे । ‘यो सूर्य चिन्ह हाम्रो हो, तपाईहरूलाई त हाँडी चिन्ह सुहाउँछ’ उनले भने, ‘सूर्य चिन्ह पाउने भए पार्टीमा आउनुहोस नत्र हाँडीजस्तै विवेक प्रयोग गर्ने हो भने त्यही चिन्ह लिएर गाउँ जानुहोस् ।’

कर्णालीमा ६ दिनमा २७ फरार अभियुक्त पक्राउ

तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

चिङ्गाड गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा

अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा

अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट

कर्णाली राजमार्ग चार दिन बन्द हुने
१० महिनामा १३ हजार पर्यटक रारा पुगे

प्रतिक्रिया