सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

मोदीको ट्वीटर ह्याक सम्बन्धमा छानबिन गर्दै ट्वीटर

फाइल फोटो

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्यान्डल ह्याक भई बिटक्वाइनको सूचना सम्प्रेषण भएपछि ट्वीटरले छानबिन गर्ने भएको छ ।

शनिबार राति मोदीको ट्वीटर ह्याक भई बिटक्वाइन लिंक सेयर भएको थियो । मोदीको ट्वीटर एकाउन्ट केही समय ह्याक भएको उनको कार्यालयले समेत पुष्टि गरिसकेको छ।

भारतीय प्रधानमन्त्री प्रायः आफ्नो सरकारका प्रमुख घोषणा वा निर्णयहरू प्रसारित गर्न ट्वीटर प्रयोग गर्ने गर्छन्। जहाँ आइतबार बिहान भने बिटक्वाइनसँग सम्बन्धित ट्वीट भएपछि मोदीको अकाउण्ट ह्याक भएको अनुमान गरेका थिए ।

ह्याक भएपछि ह्यकारले भारतले बिटक्वाइनलाई कानूनी रुपमा नै मुद्रा सरहको मान्यता दिएको र सरकारले नै ५ सय बीटीसी किनिसकेको ट्वीट गरेका थिए । सो ट्वीट केही समयमा नै हटाएर ह्याक भएको सूचना दिइएको थियो। ट्वीटरले आफ्नो सिस्टमका कारण त्यस्तो समस्या नआएको र त्यसमा विस्तृत अनुसन्धान गर्ने जनाएको छ। यसमा विस्तृत छानबिन गरेरमात्र के भएको हो भन्ने बारेमा थाहा हुने ट्वीटरले जनाएको छ