२२०६ मतगणना अपडेट : देउवाले कटाए हजार मत, गुरुङको १० भोट
काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।
२२०६ मतगणना गर्दा शेरबहादुर देउवाले १०५१ मत पाएका छन् । डा .शेखर कोइरालाले ७९३ मत ल्याएका छन् । बिमलेन्द्र निधिले १७४ भोट ल्याउँदा प्रकाशमान सिंहले २०४ र कल्याण गुरुङले १० भोट ल्याएका छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।
राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मत खसालेका छन् । पहिलो चरणमै सभापति निर्वाचित हुन उम्मेदवारले २३४० मत ल्याउनै पर्ने हुन्छ । यो भनेको ५० प्रतिशत भन्दा बढी मत हो । यदि ५० प्रतिशतभन्दा बढी मत कुनै पनि उम्मेदवारले नल्याएको खण्डमा दोस्रो चरणमा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया