कांग्रेस महामन्त्रीको मतगणनाको समय तय गर्न निर्वाचन समितिले बैठक बोलायो

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत महामन्त्री पदका उम्मेदवारहरुको मत गणनाको समय तय गर्न केन्द्रीय निर्वाचन समितिले बैठक डाकेको छ । समितिले महामन्त्री पदका उम्मेदवारका प्रतिनिधिलाई अहिले ८ बजे छलफलका लागि बोलाएको हो । उक्त छलफलपछि गणनाको समय तोकिने र गणना सुरु हुने केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
कांग्रेसको २ महामन्त्रीका लागि शेरबहादुर देउवाको प्यानलबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल चुनावी मैदानमा छन् । पौडेल कृष्णप्रसाद सिटौला समूहका हुन् । सिटौला र देउवा समूहले यो महाधिवेशनमा चुनावी तालमेल गरेका छन् । त्यस्तै डा. शेखर कोइरालाको प्यानलबाट गगनकुमार थापा र डा.मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार छन् । यता प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवार छन् ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । त्यस्तै उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका धनराज गुरुङ निर्वाचित भइसकेका छन् । निर्वाचन समितिले महामन्त्रीको मतगणना आज नै सकिने बताएको छ ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया