‘स्पाइडरमेन’ अभिनेता भन्छन्, ‘कामबाट आराम लिन्छु र सन्तान जन्माउँछु ।’

लसएन्जल्स- ‘स्पाइडरमेन : नो वे होम’ आजबाट संसारभर रिलिज भएको छ । तर, अपेक्षाभन्दा पर रहेर यो फिल्मले आश्चर्यजनक व्यापार गरिरहेको छ । एडभान्स बुकिङमा नै अभूतपूर्व दर्शकको चासो भेटेको यो फिल्मले ‘एभेन्जर एन्डगेम’को व्यापारलाई उछिन्ने अनुमान गरिएको छ ।
यता फिल्मले अभूतपूर्व सफलता पाइरहँदा यसका मुख्य अभिनेता टम होलेन्डले भने अभिनयबाट केही समयलाई विश्राम लिने मन बनाएको बताएका छन् । उनले पिपुल म्यागजिनलाई दिएको अन्तर्वार्तामा आफूले केही समयलाई कामबाट आराम चाहेको र योबीचमा सन्तान जन्माउने इच्छा रहेको बताएका छन् ।
‘ मैले करिअरका लागि भनेर रातदिन नभनी ६ वर्ष खटेँ । अब म कामबाट फुर्सद लिएर परिवार सुरु गर्न चाहान्छ र विश्वका लागि के गर्न सकिन्छ चिन्तन गर्न चाहान्छु’ उनले भनेका छन् ।
टमले ‘स्पाइडरमेन’ सिरिजकै सह कलाकार जेन्दयालाई मन पराएको कुरा सर्वविदितै छ । उनले आफूलाई केटाकेटी मन पर्ने भएकाले चाँडै पिता बन्ने कुरा पनि सोचिरहेको बताएका छन् ।
‘मलाई बच्चा मन पर्छ । मलाई बाबु बन्न आतुरी छ । म कुर्न सक्छु तर कुर्ने पक्षमा छैन,’ उनले भनेका छन्, ‘यदि म विवाहको पार्टीमा छु भने म बच्चाको टेबलमा हुन्छु । यदि म अभिनयमा हुन्नथेँ भने म प्राइमरी स्कुलको टिचर हुन्थेँ ।’२० वर्षको उमेरमै करिअर सुरु गरेका टम अहिले २५ वर्षका छन् । ‘स्पाइडरमेन ः नो वे होम’ पछि टमको मार्क ह्वेलवर्गसँग खेलेको ‘अनचार्टेड’ रिलिज हुँदैछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया