चिसो बढेसँगै प्रदेश २ को जनजीवन प्रभावित
जनकपुर - अचानक बढेको चिसोका कारण धनुषासहित प्रदेश २ का विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् ।
वर्षेनि चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया