विश्वको पहिलो एसएमएस लिलामीमा

काठमाडौँ - हाल विश्वभर टेक्ट म्यासेज गर्न सामान्य भैसकेको छ । पछिल्लो समय प्रविधिको विकास हुँदै गर्दा कल तथा म्यासेज समेत गर्न धेरै कम भैसकेको देखिन्छ । सोसल मिडियाले र इन्टरनेट कलले गर्दा म्यासेजिङ तथा कलमा कमि आएको देखिन्छ ।
आजभन्दा झन्डै ३० वर्षअघि पहिलोपटक पठाइएको म्यासेज भने भोलि अर्थात २१ डिसेम्बरमा लिलामी हुन लागेको छ । यो म्यासेज किन्न चाहने जो कोहीले यसमा बोली लगाइ आफ्नो बनाउन सक्छन् । प्रथमपटक पठाइएको यो म्यासेज १४ अक्षरको रहेको छ । सन् १९९२ यो म्यासेज भोडाफोनको एक कर्मचारीको नम्बरमा पठाइएको थियो । टेक्स्ट म्यासेज ईन्जिनियर नील पापवर्थद्वारा न्यूबरी, बर्कशायरमा रिचर्ड जार्विसलाई पठाइएको थियो।
पापवर्थ त्यस समयमा एक २२ वर्षीय परीक्षण इन्जिनियर थिए र उनी भोडाफोनमा काम गर्दै थिए। ३ डिसेम्बर १९९२ मा, उनले जार्विसको अर्बिटेल ९०१ ह्यान्डसेटमा क्रिसमसको शुभकामना पठाएका थिए जसलाई पहिलो एसएमएस मानिन्छ ।
यस सन्देशमा १४ क्यारेक्टरहरू प्रयोग गरिएको थियो। सन्देशमा अंग्रेजी भाषामा 'मेरी क्रिसमस' लेखिएको थियो। यो टेक्स्ट मेसेज क्रिप्टोकरेन्सीका साथमा किन्न सकिन्छ। रिपोर्टकाअनुसार यो म्यासेज करिब २ करोड ७३ लाख रुपैयाँमा लिलामी हुनेछ।
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

प्रतिक्रिया