नेकपा एसका सदस्यले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौँ- माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जिल्ला कमिटी सदस्यले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनु पर्ने नियम बनाएको छ ।
नेकपा एसको केन्द्रीय कार्यालयको निर्देशनअनुसार काठमाडौँ जिल्ला कमिटीका सदस्यले माघ मसान्तभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण पनि बुझाउनु पर्ने नियम बनाउन लागेको हो ।
चलअचल सम्पत्तिदेखि बैंकमा रहेको रकम तथा सेयरदेखि सुनचाँदीका विवरण भरेपछि मात्र साधारण सदस्यता दिइने गरी अध्यक्ष कुसुुमकुमार कार्कीले प्रस्ताव पेस गरेका छन् ।
‘प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ३५ दिन भित्र जिल्ला कमिटीका सदस्यहरुले जिल्ला पार्टी कार्यालयमा सम्पत्ति विवरण बुझाउनु पर्नेछ,’ कार्कीको प्रस्ताव उल्लेख छ, ‘यस आर्थिक वर्षका लागि माघ मसान्त भित्र सम्पत्ति विवरण बुझाउनु पर्नेछ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया