प्रदेश २ को नाम र राजधानीको छलफलका लागि लोसपाद्वारा वार्ता टोली गठन

जनकपुरधाम - प्रदेश २ को नाम र राजधानीका लागि विभिन्न दलसंग वार्ता गर्न लोकतान्त्रिक समाजवादी पार्टीले संसदीय वार्ता टोली गठन गरेको छ ।
प्रदेश सभा सदस्य रानी शर्मा तिवारीको संयोजकत्वमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधामका लागि ७ सदस्यीय वार्ता टोली गठन गरिएको लोसपा संसदीय दलले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
सो वार्ता टोलीको सदस्यहरुमा प्रदेशसभा सदस्यहरु परमेश्वर साह, जयनूल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरी रहेका छन् ।
संसदीय दलका नेता जितेन्द्र सोनलद्वारा जारी सो विज्ञप्तिमा प्रदेश सभामा प्रस्तुत हुने नाम र राजधानी बारे प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि प्रदेश सभा भित्र रहेका दलहरुसंग छलफलका लागि वार्ता टोली गठन गरिएको जनाइएको छ ।
पछिल्लो पटक प्रदेश सभाको आठौं अधिवेशनको प्रथम बैठकमा नाम र राजधानी प्रस्ताव हुने कार्यतालिका रहेपनि कांग्रेसको अनुपस्थितिका कारण पेश हुन सकेन । अब आगामी पुस ८ गते बस्ने बैठकमा दर्ता भएका प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश हुनेछ ।

मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

प्रतिक्रिया