दराज, आइमार्क र नबिल बैंकबीच त्रिपक्षीय साझेदारी

काठमाडौँ - नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत दराजमार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोसभित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्नेछन् ।
दराजले छिटै नै १ सय भन्दा बढी नबिल स्मार्टपोसमार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्नेछ । त्यस्तै, आइमार्कले बैंकलाई ४ हजारभन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी सेवा प्रदान गर्नेछ ।
आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ । नबिल स्मार्टपोसमार्फत डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको नबिल बैंकले जनाएको छ ।

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

प्रतिक्रिया