किसुनजीको जन्मदिवस : उनले कांग्रेस छोड्दाको चिठी

सन्त नेता पनि भनिने किसुनजी अर्थात् कृष्णप्रसाद भट्टराईको आज ९८ औँ जन्मजयन्ती । प्रधानमन्त्रीका रूपमा उनी बालुवाटार पस्दा सुराही, ट्यांका र छाता साथमा थियो, बाहिरिँदा पनि यी तीनै वस्तु मात्र । किसुनजी दोस्रोचोटि प्रधानमन्त्री भएका बेला सुविधाजनक बहुमत प्राप्त गरेको आफ्नै पार्टी नेपाली कांग्रेसका ६९ जना सांसदले अविश्वासको प्रस्ताव राखेका थिए ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिँदै प्रधानमन्त्री भट्टराईले पन्ध्र मिनेट लामो भावुक सम्बोधन गर्दै भनेका थिए, ‘सम्भवतः यो सदनमा प्रधानमन्त्रीका हैसियतले मेरो अन्तिम सम्बोधन हुनेछ ।’ नेपाली कांग्रेसका संस्थापकमध्ये एक अनि २०१५ सालको पहिलो आम निर्वाचनमा पराजित भए पनि सभामुख भएका किसुनीले पार्टीले गणतन्त्रको नीति लिएपछि पार्टी छोडेका थिए । उनको चिठी सामान्य हिज्जे मात्र मिलाउँदै यहाँ प्रस्तुत गरिएको छ :
भैंसीपाटी, काठमाडौं
आदरणीय सभापतिजी
एवम्
महासमितिमा सबै उपस्थित साथीहरू ।
लामो कालदेखि विभाजित स्थितिमा रहेको हाम्रो प्यारो संस्था नेपाली कांग्रेस एक भएकोमा मलाई ठूलो खुसी लागेको थियो जुन कारणले गर्दा हिजो एकीकरणको सम्मेलनमा आफ्नो शारीरिक आयुर्ध्याजन्य अक्षमतालाई एक दिनका लागि बिर्सेरै पनि म त्यहाँ मूल समयसम्म उपस्थित थिएँ र आफ्नो हार्दिक समर्थन पनि जनाएको थिएँ ।
यति हुँदा–हुँदै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको लामो तर पूर्णतया निरर्थकको नाम दिएर यस ऐतिहासिक संस्थालाई हाम्रा देशका दुई सार्वकालिक स्वर्गीय नेता श्री– बीपी कोइराला र गणेशमान सिंहजीलाई चटक्कै बिर्सिंदै छ ।
त्यसहुनाले यस पार्टीसँग अब उपरान्त मेरो कुनै खालको पनि सम्बन्ध वा सम्पर्क रहनेछैन । तपाईं सबै सहयोगी साथीहरूसँग अब म भारी मन लिएर सदैवका लागि बिदा लिँदै छु ।
किमार्थकम् ।
कृष्णप्रसाद भट्टराई
भैंसीपाटी,
आश्विन ९, २०६४ साल ।

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

प्रतिक्रिया