कांग्रेस प्रदेश २ मा १८८१ मत खस्यो, राति ११ बजेदेखि गणना

जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ को नया नेतृत्वका लागि भएको निर्वाचन सम्पन्न भएको छ । राति करिब ८ बजे सम्पन्न मतदानमा १८८१ मत खसेको छ । कुल मतदाता १९५१ रहेकोमा १८८१ मतदाताले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिका सद्स्य अरूण यादवले जनाएको छ ।
मतगणना आजै राति ११ बजेदेखि हुने उनले जानकारी दिएका छन् । मतदान संस्थापन पक्ष सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार कृष्ण यादवले पहिलो मत खसाएपछि विधिवत रुपमा मतदान सुरु भएको थियो । दोश्रो मत अर्का सभापतिका स्वतन्त्र उम्मेदवार रामसरोज यादवले खसाएका थिए । मतदान सम्पन्न लगतै दुवै सभापतिका उम्मेदवारले आ-आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।
पुर्व उपसभापति विमलेन्द्र निधि र डा. शेखर कोइरालाको समर्थन पाएका रामसरोज यादव स्वतन्त्र उम्मेदवार हुन् भने कृष्ण यादव संस्थापन पक्षक सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार हुन् । मतदानका ४ वटा बुथ बनाइएको थियो भने एउटा बुथमा २/२ जिल्लाको मत खसाल्ने वयवस्था मिलाइएको थियो ।
सभापति, पदािकारी र सदस्य गरि प्रत्येक बुथमा ३/३ वटा मत पेटिका राखिएको छ । मतपेटिकाको रूपमा ड्राम प्रयोग गरिएको छ । ६७ पदका लागि १ सय ७४ जना उम्मेदवारी दिएका थिए । ५ जना सदस्य बुधवार नै निर्विरोध भइसकेका छन ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया