बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

माओवादी केन्द्र र नेकपा (मसाल) सम्पर्क केन्द्रबीच आज एकता हुँदै

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) सम्पर्क केन्द्रबीच एकता आज हुँदैछ । आज दिउँसो १२ बजे  त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा पार्टी एकता घोषणा सभा समेत आयोजना गरिएको छ ।

सम्पर्क केन्द्रले नेकपा मसालसँग विद्रोह गरेर माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको हो । सम्पर्क केन्द्रको ३९ जिल्‍लामा संगठन रहेको छ ।