कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ नयाँ नेतृत्वको पदाधिकारीमा संस्थापन पक्ष देउवा समूहले नै कब्जा जमाएको छ ।
उपसभापतिमा देउवा समूहका वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । सभापतिमा देउवा समूहका कृष्ण यादव यसअघि नै विजयी भइसकेका छन् ।
चन्द्रशेखर यादवले ८९५ मत र वीरेन्द्रप्रसाद सिंहले १०१९ मत ल्याई निर्वाचित भएको निर्वाचन समितिका सदस्य अरूण यादवले जानकारी दिएका छन् । उपसभापति विमलेन्द्र निधि र कोइराला समूहका समर्थन पाएका धनलाल ठोकरले ६३६ विनोद कुमार खनालले ७४० र राधा प्रसाद यादव १२४ मत ल्याएका थिए ।
त्यसै गरि महामन्त्रीमा उपेन्द्र कुमार यादव र बृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका छन् । सहमहामन्त्री खुल्ला तर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी हुँदा सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव विजयी भएको निर्वाचन समिति सदस्य यादवले जनाएका छन् ।
महामन्त्रीमा उपेन्द्र कुमार यादवले ९५९, बृहस्पति कृष्ण श्रेष्ठले ७८८, सहमहामन्त्रीमा जय नारायण प्रसाद यादव ८७९, पशुराम चौधरीले ८२२, सह महामन्त्री महिलातर्फ बिन्दु कुमारी यादव ८८९ मत ल्याई र्निवाचित भएका हुन् ।
असन्तुष्ट पक्षद्वारा उजुरी
महामन्त्रीमा १३ मतान्तरले पराजित भएका कोइराला समूहका नरेश यादवले मतपरिणाम प्रति आपति जनाउँदै उजुरी दिएका छन् ।
उनलाई पहिला विजयी भनेर घोषणा गरिएको थियो तर पछि उनको स्थानमा बृहस्पति कृष्ण श्रेष्ठ निर्वाचित भएको घोषणा गरेपछि उनले पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा उजुरी दिएका छन् ।
अन्तिम मतपरिणाम अनुसार विजयी भनिएका श्रेष्ठको मत ७८८ छ भने यादवको मत ७७५ रहेको छ । सुरुमा नरेशका समर्थकहरुले विरोध जनाएको र पछि निर्वाचन समितिमा उजुरी दिएका छन् ।

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

कांग्रेस केन्द्रीय सदस्यमा तीन डाक्टर इन, ६ आउट
जनआन्दोलनका घाइते मुकेशलाई छोएर विश्वप्रकाशले लिए महामन्त्रीको सपथ

प्रतिक्रिया