कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी र सदस्यलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित समारोहमा पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महाधिवेशनबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।
पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरिएसँगै नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिकरुपमा समापन भएको छ । मुलुकको प्राकृतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा नेतृत्वदायी भूमिका खेल्दै आएको नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो । प्रमाणपत्र वितरणको कार्यक्रम सम्पन्न भएलगत्तै पार्टीकोे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया