बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

'मैले प्रधानमन्त्रीलाई भनें, तपाईं  र म नै बालकोट जाऔँ'

काठमाडाैं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय बैठकमा एमालेको अनुपस्थितिलाई दुर्भाग्य भएको बताएका छन्।  माओवादीको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामामा आयोजित पत्रकार भेटघाटमा दाहालले यस्ताे बताएका हुन् ।

उनले भने,'पटक-पटक प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने र प्रमुख प्रतिपक्षी नआउने। मैले त एकपटक प्रधानमन्त्रीलाई भनेँ, प्रधानमन्त्रीजी अब उहाँ आउनुहुन्न। त्यस्तै हुनुहुन्छ। हाम्रो के लाग्यो? तपाईं र म नै बालकोट जाऔँ। यो सदन पनि यसरी रोकिदिनुभएन भनौँ। देशका अरु विषय पनि हल गरौं भनेको छु।'

उनले थप्दै भने,'प्रधानमन्त्रीले कांग्रेस महाधिवेशन पछि जाउँला भन्नुभयो । अब हाम्रो राष्ट्रिय सम्मेलनपछि हामी बालकाेट जान्छौँ।'