केन्द्रीय समितिका सबै क्लस्टर समावेशी बनाउन देव गुरुङको नेतृत्वमा समिति

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा सबै क्लस्टरलाई समावेश गराउन समिति गठन गरिएको छ। स्थायी समिति सदस्य देव गुरुङको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो।
आज बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिमा सबै समुदायको प्रतिनिधित्व हुने गरी अध्ययन गर्न गुरुङको नेतृत्वमा कार्यदल बनाएको हो ।
सबै जातजाति, क्षेत्र, लिंग, समुदायको समान प्रतिनिधिको विषयमा गृहकार्य गर्न समिति बनाइएको बताइएको छ ।
माओवादीको २९९ सदस्यीय केन्द्रीय समितिमा १५ प्रतिशत दलित, ३५ प्रतिशत महिला, ५ प्रतिशत मुस्लिम समुदाय, २० प्रतिशत ४० वर्ष मुनिका युवाहरु समावेश गर्ने भनिएको छ।
यस्तैगरी अपाङ्ग, पिछडिएको क्षेत्र, अल्पसंख्यकलाई समेत कोटा निर्धारण गरिएको छ। ति सबै समुदायको पार्टी विधानमा तोकिए बमोजिम प्रतिनिधित्व के कसरी गराउने भन्ने विषयमा गुरुङ नेतृत्वको कार्यदलले खाका तयार गर्ने छ।
पारित भएको माओवादीको समसामयिक प्रस्तावमा के-के छ ? (पूर्णपाठसहित)

'साम्यवाद' र 'वर्गसंघर्ष' शब्द हटाउन निर्वाचन आयोगले दिएको आदेशप्रति माओवादीका…

माओवादीको माग : काठमाडौँ उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ

‘जनयुद्धकालीन मुद्दा’मा तीन जना अझै थुनामा, माओवादीले गर्याे रिहाइको अपिल

माओवादी केन्द्रीय सदस्यले लिए शपथ

माओवादी महाधिवेशन : यी हुन् कोही पनि केन्द्रीय सदस्य नभएका भएका चार जिल्ला

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य

प्रतिक्रिया