हरेक पटककाे राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका छन् : विश्वकर्मा

सुर्खेत - विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्कबहादुर विश्वकर्माले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेकाे आरोप लगाएका छन् । जन पत्रकार संगठन कर्णालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले यस्ताे आरोप लगाएका हुन् ।
००७ साल, २०४६ साल र २०६२/०६३ काे जनआन्दोलने व्यवस्था परिवर्तन ल्याएको र परिवर्तनका लागि लड्ने नेताहरूले राष्ट्रघात गरेको उनले बताए । ‘जनताले ठूलो बलिदानबाट राज्यको परिवर्तन गर्ने गरेका छन् । त्यो सुशासन र विकासका लागि हो ।’ उनले भने, ‘तर नेताहरुले कहिले गण्डक, कोसी र कर्णाली बेचेका छन् । अहिले एमसीसीका नाममा पनि त्यस्तै हुँदैछ ।'
नेपालमा ०४६ सालदेखि जनताको दु:ख दिने संसदीय व्यवस्थाको सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिएको भन्दै उनले स्थानीय चुनावले जनताको समस्या समाधान नहुने ठोकुवा गरे ।
स्थानीय चुनाव संसदीय चुनाव नभएर जनताको लागि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने जनमतसंग्रह गर्न आग्रह गरे । ‘अब व्यवस्था परिवर्तनका लागि जनमत संग्रह हुन जरुरी छ । यहाँ कहाँको स्थानीय तहको निर्वाचनको कुरा गरिरहेका छन् ।’ उनले भने, ‘जनताले के चाहेका छन् भन्ने उनीहरूले बुझेका छैनन् ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया