बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

समानुपातिक प्रतिनिधित्वको आधारमा कमिटी बनाउने गरी माओवादीमा छलफल

फाइल तस्‍बिर

काठमाडाैं - नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा नयाँ केन्द्रीय कमिटी विधानले व्यवस्था गरे अनुरुपको समानुपातिक प्रतिनिधित्वको आधारमा बनाउने छलफल भएको छ ।  

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी क्लष्टरको आधारमा युवा, मुस्लिम, महिला, जनजाति लगायतको प्रतिशत र कमिटी बनाउँदा संविधानमा व्यवस्था गरिएअनुरुप समानुपातिक प्रतिनिधित्व हुनेगरी गर्ने र त्यसको निम्ति तयारी गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । 

उनका अनुसार बैठकमा स्थायी कमिटी सदस्य र प्रदेश इन्चार्जहरूले समूहगत छलफल चलिरहेका ग्रुपमा गएर सहजीकरण गर्ने भएका छन् ।