व्यक्तिवादी तानाशाह हावी भए प्राप्त उपलब्धि गुम्छ: अध्यक्ष नेपाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले व्यक्तिवादी तानाशाह हावी भए विभिन्न उपलब्धि गुम्ने खतरा पैदा हुने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभागृहमा नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघि वंशीय तानाशाहलाई हटाइसकेको भन्दै व्यक्तिवादी तानाशाह हावी हुन नदिने समेत उल्लेख गरे ।
उनले मुलुकको परिवर्तनलाई जोगाउनका लागि जनतामा चेतना फैलाउनुपर्ने धारणा पनि राखे । आफ्नो पार्टी अरु पार्टी भन्दा फरक रहेको भन्दै अध्यक्ष नेपालले सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणमा ध्यान दिने उल्लेख गरे ।
उनले पार्टीमा अघि बढ्न नसक्नेलाई पार्टी छोड्न सुझाव पनि दिए । अध्यक्ष नेपालले एमालेलाई केपी ओलीले कब्जा गरेपछि आफूहरु विद्रोह गरेको भन्दै नयाँ कम्युनिष्ट पार्टी स्थापना गरेको जिकिर गरे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी र देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)बीच एकीकरण भएको थियो । तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया