एभीसी सेन्ट्रल जोन : पुरुषतर्फको उपाधि श्रीलंकालाई

काठमाडौं - श्रीलंकाले आयोजक बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधि जितेको छ ।
मंगलबार ढाकामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फको फाइनलमा श्रीलंकाले बंगलादेशलाई २८–२६, २५–२० र २५–२० ले पराजित गर्यो ।
यसअघि उज्बेकिस्तानले नेपाललाई पराजित गर्दै पुरुषतर्फको तेस्रो स्थान हासिल गरेको छ ।
यस्तै मंगलबार नै सम्पन्न महिलातर्फ श्रीलंकाले किर्गिस्तानलाई हराउँदै तेस्रो स्थान हात परेको छ ।
साबिक विजेता नेपाली महिला टोलीले उज्बेकिस्तानलाई ३-२ को रोमाञ्चक सेटमा हराएर उपाधि रक्षा गरेको थियो ।
बिहीबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ ६ टोलीको सहभागिता थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया