आफ्नो प्रतिवेदनको आलोचना गर्ने बाबुराम र सुरेन्द्र पाण्डेलाई अध्यक्ष दाहालको जवाफ

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् । सकारात्मक र नकारात्मक रुपले भए पनि आफ्नो प्रतिवेदनको चर्चा भएको भन्दै दाहालले विचारको विकासलाई प्रमुख स्थानमा राखेको स्पष्ट पारे ।
दाहालले प्रतिवेदनमाथि टिप्पणी गर्ने पूर्वमाओवादी नेता बाबुराम भट्टराई र एमाले नेता सुरेन्द्र पाण्डेलाई पनि जवाफ दिएका छन् ।
’कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो । कसैले २१औँ शताब्दी फड्को हान्न खोजे पनि भने, कतिले २०औँ शताब्दीमा फर्किन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने,’ दाहालले भने, ‘तर यो महाधिवेशन अरुभन्दा फरक रह्यो । यो के कारणले भयो भने यसले सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राख्यो । पार्टी रुपान्तरणमा केन्द्रित बन्यो । यही रुपमा कम्युनिस्ट आन्दोलनको इतिहासमा दर्ज भयो ।’
महाधिवेशनमा विचारको विकास, आत्मसमीक्षाको रुपमा, जनतासँग जोडिने सवालमा यो महाधिवेशन फरक रुपमा प्रस्तुत भएको सबैले आत्मसात गरेको उनको भनाइ छ । पार्टीको जारी महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठको जवाफ अध्यक्ष दाहालले शुक्रबार दिएका हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया