अछाम जिल्ला अध्यक्षमा उम्मेदवारी दिने शाहको घोषणा

अछाम - नेकपा एमाले अछामको आठौं अधिवेशनमा प्रकाश शाहले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी एमाले जिल्ला कमिटी सचिवालय सदस्य, संगठन विभाग प्रमुख हुन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै सचिवालय सदस्य शाहले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा शाहले पार्टीको आन्तरिक जीवनलाई मजवुत बनाउँदै अछाममा एक नम्बरको पार्टी बनाउनको लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । वामपन्थी पार्टीहरुसँगको कार्यगत एकताका आधारमा पार्टीलाई ठूलो बनाउने उनको भनाइ थियो ।
अछामका ९१ वटै वडाका वडा अध्यक्ष, दश वटै पालिकाका अध्यक्षको बलमा अध्यक्षको लागि उम्मेदवार बन्ने उनले तर्क गरे । जिल्ला अधिवेशनले सर्बसम्मत नेतृत्व चयन गर्नुपर्ने आफ्नो मान्यता रहेको बताउँदै उनले युवा नेतृत्वले अवसर पाउनु पर्नेमा जोड दिए । टिके प्रथाबाट नेतृत्व चयन गर्ने पक्षको विरुद्धमा आफू रहेको उनले बताए ।
शाहले पार्टीका नेता कृष्णप्रसाद भट्टराईको समर्थन आफूलाई रहेको दाबी गरे । उनले २८ वर्ष अघि अछाममा पार्टीको नेतृत्व गरिसकेका कारण भट्टराईले पार्टी अध्यक्षको लागि दाबी नभई जिल्लामा अभिभावकको भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । पार्टी नेतृत्वले भट्टराईलाई केन्द्रिय सदस्य नबनाएर गल्ती गरेको उनले बताए । शाहले अध्यक्षको उम्मेदवार कुनै बार्गेनिङ गर्नका लागि नभई एमालेलाई बलियो बनाउनको लागि भएको तर्क गरे ।
२०४७ सालमा बाजुराबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । अनेरास्ववियुको सहसचिव, पार्टीको ईलाका कमिटी सचिव, इन्चार्ज हुँदै दुई कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य बनेका थिए । यस्तै नेकपा एमाले र माओवादी केन्द्र एकीकरण पछि जिल्लाको संगठन विभाग प्रमुख बनेका थिए । एमाले र माओवादी केन्द्र अलग अलग भएपछि उनी अहिले नेकपा एमालेको सचिवालय सदस्य, एवम् संगठन विभाग प्रमुख र आठौं जिल्ला अधिवेशनको प्रचारप्रसार प्रमुख छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया