शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

मेस्सी पनि कोभिड संक्रमित

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी)का लियोनल मेस्सी कोभिड–१९ संक्रमणमा परेका छन् । मेस्सी र अन्य तीन खेलाडीमा कोभिडको पुष्टी भएको पीएसजीले जनाएको छ । सोमबार राति हुन लागेको पीएसजी र भेन्सबीच खेल हुँदैछ । यही खेलअघि सबै खेलाडीको कोभिड जाँच गर्दा मेस्सी संक्रमित भएको पत्ता लागेको हो । 

मेस्सीसँगै संक्रमित भएका खेलाडीमा जुवान बर्नाट, सर्जियो रिको र नाथान बिटुमाजाला रहेका छन् । ‘चार खेलाडीमा कोभिड देखिएको छ । हाल उनीहरू आइसोलेसनमा छन् । र स्वास्थ्य प्रोटोकल पालना गरिरहेका छन्,’ पीएसजीले भनेको छ ।