राष्ट्रिय सभा निर्वाचनः कुन प्रदेशमा कसका उम्मेदवार ?

काठमाडौँ - पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेकोे सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा साझा उम्मेद्वार उठाउने निर्णय गरेको हो ।
बैठकले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउने निर्णय गरेको छ ।
कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर काकीले प्रदेश १ मा खाली तीन सिट मध्ये महिलातर्फ एकीकृत समाजवादी, पुरुषतर्फ कांग्रेस र अल्पसंख्यकमा जसपा, प्रदेश नम्बर २ मा महिलातर्फ माओवादी केन्द्र र अन्यमा जसपालाई सिट छुट्याइएको जानकारी दिए ।
त्यस्तै बागमती प्रदेशमा अन्यतर्फ कांग्रेस, महिलातर्फ समाजवादी, गण्डकी प्रदेशमा महिला कांग्रेस, अन्य र दलितमा माओवादी, लुम्बिनी प्रदेशमा पुरुषतर्फ कांग्रेस, महिलामा समाजवादी र दलितमा राष्ट्रिय जनमोर्चालाई सिट छुट्याउने सहमति भएको छ ।
त्यस्तै कर्णाली प्रदेशमा महिलातर्फ कांग्रेस, अपांगतर्फ माओवादी र खुलामा समाजवादी तथा सुदूरपश्चिम प्रदेशमा खुलामा कांग्रेस, दलितमा माओवादी र महिलामा एकीकृत समाजवादीलाई दिने निर्णय भएको कार्कीले जानकारी दिए ।
संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया