बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

कांग्रेसले अब बहुमत ल्याएर पूरै पाँच वर्ष सरकार चलाउँछ : गगन थापा

अर्घाखाँची -  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा गुटबन्दीको अन्त्य भएको बताएका छन्।  नेपाली कांग्रेस पाणिनी गाउँपालिका अर्घाखाँचीले दुर्गाफाँटमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले निर्वाचनको समयमा मात्रै गुटबन्दी हुने तर्क गरे। 

उनले निर्वाचन सकिएपछि गुटबन्दी अन्त्य भएको पनि जिकिर गरेका छन्। पार्टीभित्रको प्रतिष्पर्धा सकिएकाले अब एक ढिक्का भएर कांग्रेस अघि बढेको तर्क पनि उनले गरेका छन्।  ‘पार्टीमा अब हामी गुट र भागबण्डा केही हुन दिँदैनौँ। सिंगो कांग्रेस बनाएर चलाउँछौँ,’ उनले सम्बोधनका क्रममा भने।