ललितपुरमा २१ गतेबाट कोभिडविरुद्धको अतिरिक्त खोप लगाइने

काठमाडौँ : ललितपुरको ६ वटा स्थानीय तहले पुस २१ गतेबाट कोभिडविरुद्धको अतिरिक्त खोप लगाइदिने भएका छन् । मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका, क्यान्सर रोगीहरू, अंग प्रत्यारोपण गरेकाहरू, एचआईभी संक्रमितले, उपचार गराउने क्रममा रोग प्रतिरोधात्मक क्षमता भएकाले पाउने छन् ।
स्वास्थ्य कार्यालय ललितपुरकाअनुसार दैनिक र सार्वजनिक बिदा बाहेक खोप अभियान कार्यक्रम सञ्चालन हुने भएको छ । भेरोसेल र कोभिसिल्ड खोप लगाएका ६० वर्ष माथिकाले पनि अतिरिक्त खोप पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ललितपुर महानगरपालिका अन्तर्गत पाटन अस्पताल, छाः बहा जनस्वास्थ्य शाखा, सैबु, चौ, नेपाल मेडिसिटी अस्पताल, स्टार अस्पताल, अल्का अस्पताल, महालक्ष्मी नगरपालिका लुभु प्राथमिक स्वास्थ्य केन्द्र र इमाडोल स्वास्थ्य चौकी, गोदावरी नगरपालिका बज्रबाराही चापागाउँ अस्पताल, बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, लेले प्राथमिक स्वास्थ्य के आनन्द वन अस्पताल, कोज्योसोम गाउँपालिकाको चौघरेको स्वास्थ्य चौकी, महाँकाल गाउँपालिकाको गोटिखेल स्वास्थ्य चौकी र बागमती भट्टेडाँडा स्वास्थ्य चौकीमा खोप केन्द्र सञ्चालन हुने भएको छ ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया