दलित समुदायले पनि गुरुकुलमा अध्ययन गर्न पाउनुपर्ने माग
काठमाडौँ - समानता अभियान नेपालले दलितलगायतका सबै समुदायका मानिसले गुरुकुलमा अध्ययन गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले देशभरका संस्कृत गुरुकुलमा दलित, आदिवासी, जनजाति, खस क्षेत्रीलगायत सबै जातजातिहरुलाई गुरुकुलमा पढ्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको हो ।
सबैका लागि शिक्षा भन्ने नेपालको संविधानको मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने हकलगायतका हकहरुको व्यवस्थानुसार अधिकार सुनिश्चित गर्न अभियानको माग छ । ‘गुरुकुलमा जातीय विभेद अन्त्य गरौं, सबैले वेद पुराण पढुन्’ भन्ने अभियानको नारा छ ।
कार्यक्रममा बोल्दै संयोजक चन्द्रकान्त पौडेलले जातीय प्रथा अन्त्य गरांै र गुरुकुलमा सबैले पढौं भनेर लामो समयदेखि भन्दै आएपनि अब भने खुलेरै आफ्नो संस्था अघि बढ्न चाहेको बताए । समाजमा धर्मगुरु, पण्डितलाई एउटा श्रद्धाको दृष्टिले हेर्ने भन्दै उहाले त्यो श्रद्धा सबै जातले पाउनुपर्नेमा जोड दिए ।
गुरुकुलमा ९५ प्रतिशत भन्दा धेरै ब्राह्मण रहेको भन्दै अरु जातिले पनि पढ्न पाउनुपर्ने अभियानको माग छ ।

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

प्रतिक्रिया