चिसो बढ्दै गएपछि स्थानीय तहले धमाधम विद्यालय बन्दको घोषणा गर्दै
जनकपुरधाम - केही दिनदेखि प्रदेश २ का बढेको चिसो र शितलहरको कारण केही स्थानीय तहहरूले आफ्ना पालिकाहरूमा विद्यालयको बिदा दिएको छ । धनुषाका विभिन्न ३ वटा स्थानीयहरू क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् । बढ्दो चिसोको मध्यनजर गर्दै उनीहरूले विद्यालयको बिदा दिएका हुन् ।
त्यसैगरि, पर्साका पनि विभिन्न ३ वटा स्थानीय तहले चिसोकै कारण विद्यालयको बिदा दिएको छ । पर्सा जिल्लाका ठोरी,धोबिनी र जिराभवानी गाउँपालिकाले निजी तथा सामुदायिक विद्यालयलाई बिदा दिएको छ । चिसोको कारण पुस २४ गतेसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गराएको छ ।
अत्यधिक चिसोको कारण जनजीवन कष्टकर बन्दै गएपछि विद्यालयहरूको बालबालिकाको संख्यासमेत कम हुन थालेपछि मंगलबारदेखि ५ दिन सम्मको लागि विद्यालयहरूको पठनपाठन बन्द गराएको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय प्रमोदकुमार घिमिरेले बताए ।
लक्ष्मीनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशङ्कर यादवले मंगलबारदेखि अर्को सूचना नहुनजेलसम्मको लागि पालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गर्न निर्णय भएको बताए । धनुषाका नगराइन नगरपालिकाले भने मंगलबारदेखि ५ दिन सम्मको लागि विद्यालय बन्दको निर्णय गरेको छ ।

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_Ze3iK7mGkd_vbz4xi7rpgcinirjfwjuhigbssjclfxgkvmghrlabietafcichjadsec2gqm.jpg)
रंगिँदैछ ग्वार्को फ्लाई ओभर, असार ६ गतेदेखि सञ्चालनमा आउने (फोटो फिचर)

दु:ख र हैरानीको पराकाष्ठ : फेसबुकमा ‘अलबिदा’ लेखेर डाक्टर श्रेष्ठ सम्पर्कविहीन

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

प्रतिक्रिया