कांग्रेस धनुषा सभापतिमा मेयर पजियारकाे उम्मेदवारी घाेषणा

जनकपुरधाम - नेपाली कांग्रेस धनुषाको सभापतिमा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले उम्मेदवारी घोषणा गरेका छन् । बुधवार एक कार्यक्रमका बीच उनले माघ १५ गते हुने भनिएकाे निर्वाचनका लागि पूर्व उपसभापति विमलेन्द्र निधिको समुहबाट जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषा सभापति पदका लागि पजियारकाे उम्मेदवारीकाे प्रस्ताव प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री रामसराेज यादवले गरेका छन् भने समर्थन वर्तमान जिल्ला सभापति महेशशंकर गिरीले समर्थन गरेका छन्।
उम्मेदवारी सभालाई घाेषणा गर्दै पजियारले आफू सभापतिमा विजय भएपछि उम्मेदवार पार्टीलाई बलियो बनाउन र अगामी निर्वाचनमा स्थानीय, प्रदेश र प्रतिनिधि सभा तीनवटै तहमा कांग्रेसका बढीभन्दा बढी उम्मेदवार विजयी गराउने प्रतिबद्धता जनाए । उनले सभापतिमा तीन जना उम्मेदवार भएपनि स्वयं पहिलो चरणमै जित्ने दाबी समेत गरे। पार्टी सुदृढीकरणका लागि आफ्नो जिल्ला सभापतिमा उम्मेदवारी रहेको पजियारले बताए ।
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसमा कुनै गुट, उपगुट नभई अग्रजको सम्मान गर्दै युवालाई समेट्दै जिल्लामा पार्टीको संगठन विस्तार गर्न आफ्नो उम्मेदवारी रहेको उनले जानकारी दिए । समाज रुपान्तरण र समावेशी समाजको निर्माणका लागि सभापतिमा आफ्नो उम्मेदवारी रहेको उनले बताए । उम्मेदवारी घोषणा सभामा बाेल्दै मन्त्री रामसरोज यादवले पजियारको नेतृत्वमा धनुषामा कांग्रेस एक हुने दाबी गरे । उनले पजियारको नेतृत्वमा जिल्लामा कुशल नेतृत्व ल्याउन मतदातासँग आग्रह समेत गरे ।
धनुषा जिल्ला अधिवेशनमा करिब ४ हजार मतदाता रहेकाले यो अधिवेशन भव्य हुने देखिएको छ । जिल्ला सभापतिमा संस्थापन पक्षबाट वर्तमान उपसभापति सन्तोष यादव, पुर्व सांसद दिनेश प्रसैला यादव र वर्तमान सचिव विशेश्वर यादवसमेत आकांक्षी देखिएका छन् । यद्यपी उनीहरुले भने अहिलेसम्म उम्मेदवारी घोषणा गरेकाे छैन।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया