एमाले कास्कीको अध्यक्षमा पाँच जनाको दाबी
पोखरा - नेकपा एमाले कास्की १०औं अधिवेशन शुक्रबार सुरु हुँदै छ । केपी शर्मा ओलीले देशव्यापी रूपमा भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नेछन् । त्यसपछि थप औपचारिक कार्यक्रम हुनेछ । औपचारिक कार्यक्रम सकेर यसपालि सिधै निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।
सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने र नभए मतदान प्रक्रियामा जाने नेताहरूले बताएका छन् । अधिवेशनको संघारमा एमाले कास्कीको नेतृत्व लिन हानथाप सुरु भएको छ । अध्यक्षमा पाँच जनाको दाबी छ ।
एक महिनाअघि कार्यवाहक अध्यक्ष बनेका मनबहादुर गुरुङ एक कार्यकाल पूर्ण अध्यक्ष बन्ने तयारीमा छन् भने हालका सचिव दामोदर वैरागीले समेत आकांक्षा देखाएका छन् । पुराना नेता जगन्नाथ बास्तोला, तेजनारायण अधिकारी र माधव बास्तोलाको नाम अध्यक्षको आकांक्षीमा अघि छ । अधिकारी भने सचिवको बार्गेनिङका लागि अध्यक्ष दाबी गरेको बताइन्छ ।
आकांक्षी जति भए पनि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने पक्का छ । गुरुङ र वैरागीबीचमा प्रतिस्पर्धा हुने देखिन्छ । गुरुङ पूर्व मुख्यमन्त्री तथा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट छन् भने वैरागी केन्द्रीय सदस्य खगराज अधिकारी निकटका हुन् । कास्कीमा अधिकारी र गुरुङको गुट हाबी छ । नेताहरू छलफलमा छन् । आकांक्षी सबै नेताहरू केन्द्रमा केपी ओली निकट छन् ।
दुवै पक्षका आकांक्षीले सर्वसम्मत नेतृत्व छान्ने दाबी पनि छाडेका छैनन् । ‘नेताहरू सल्लाह गर्दै हुनुहुन्छ । सर्वसम्मत रूपमा कमिटी फर्मेसन हुन्छ,’ आकांक्षी गुरुङ भन्छन्, ‘नत्र त चुनाव हुन्छ ।’ अर्का आकांक्षी वैरागीले पनि सहमतिमा आफू तयार रहेको बताए । यद्यपि नेतृत्व दाबी भने छोडेका छैनन् । ‘मेरो दाबी अध्यक्षमा छ । सर्वसम्मत हुने विश्वास लिएको छु,’ उनले भने । वैरागी टिमबाट सचिवमा बैनबहादुर अधिकारीको नाम सुनिएको छ भने गुरुङ गुटमा तेजनारायण अधिकारीको चर्चा छ ।
एमालेको जिल्ला अधिवेशनमा सवा ९ सय प्रतिनिधि छानिएका छन् । ७२ वडा र जनवर्गीय संगठनबाट ९ सय १४ जना प्रतिनिधिले मताधिकार पाएका एमालेले जनाएको छ । ७२ वटा वडा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठनबाट छानिएका प्रतिनिधि, सल्लाहकार परिषद्, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरू अधिवेशनमा प्रतिनिधिका रूपमा उपस्थित हुनेछन् । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १० वटा उपसमितिहरू गठन भएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया