मोरङमा नेतृत्वकाे टुंगाे लाग्याे, पुरानै अनुहार दाेहाेरिने

विराटनगर- नेकपा (एमाले) मोरङको जिल्ला अधिवेशन अघि नै नयाँ नेतृत्वका लागि नामावली टुंगो लागेकाे छ । वर्तमान अध्यक्ष ऋषिकेस पोखरेल नै पुन: दोहोरिने गरी सहमति भएकाे एक नेताले बताए ।
उपाध्यक्ष र सचिवमा पनि हालकै पदाधिकारी दाेहाेरिने भएका हुन् । उपाध्यक्ष बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा नै निश्चित भएको छ । 'नयाँ नेतृत्वकाे टुंगाे लागिसकेकाे छ, अब ताली बजाउन मात्र बाँकी छ,' एक नेताले भने ।
उपसचिवमा भने केरावारी गाउँपालिकाका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी छ । उनी एमाले फुट्दा १० बुँदेमार्फत एमालेमै बसेकी थिइन् ।
पदाधिकारीमा एक महिला अनिवार्यकाे व्यवस्था विधानमै रहेपछि उनलाई ल्याउने तयारी गरिएको हो । १० बुँदेबाट एमालेमै बसेका बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी तथा पथरी शनिश्चरेका मेयर दिलीपकुमार राईको सिफारीसमा उनलाई उपसचिव बनाउन लागिएको हो ।
उपसचिवमै सन्तोष साहलाई ल्याउने तयारी छ । एमाले मोरङका अध्यक्ष ऋसिकेस पोख्रेलले पनि सर्वसम्मतै नेतृत्व चयन हुने बताए । १ सय ६५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया