संसद 'डेडलक' भइरहे संकटकालकाे अवस्था आउँछः देव गुरुङ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले राज्यका सबै संयन्त्रहरुमा गतिरोध भइरहने हो भने संकटकाल सिर्जना हुने अवस्था रहेको बताएका छन् ।
नेता गुरुङले मुलुकमा अहिलेको जस्तै न्यायलय, संसद तथा राजनीतिक गतिविधिहरुमा डेडलक भइरहने हो भने संकटकालको स्थिती सिर्जना हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताएका हुन् ।
उनले पछिल्लो समयका घटनाक्रमलाई नियाल्दा संसद विघटनको कुरा, संसदीय मूल्य मान्यतालाई अवहेलना गर्ने कुरा भइरहेकोले देश अस्थिरतातर्फ धकेलिएको बताए ।
सञ्चारकर्मीसँग आज कुरा गर्दै नेता गुरुङले देशलाई स्वतन्त्र र बलवान बनाइराख्न फेरि एकपटक राजनीतिक शक्ति मिल्नुको विकल्प नरहेको बताए ।
नेता गुरुङले नेपालमा अहिले न्यायालयमा भइरहेको अवरोधका कारण सबै शक्तिहरु गतिहीन बनिरहेको र यस्तो अवस्थामा बाह्य शक्तिहरुले नेपाललाई क्रिडास्थल बनाउने बताए ।
उनले एमसीसी सम्झौता देशको हीत विपरीत रहेको पनि बताए । यो सम्झौता अमेरिकाको नेपालमा सैन्य शक्ति सञ्चालन गर्ने षड्यन्त्र भएको बताए । अमेरिकाले नेपालमा सन्य रणनीति साझेदारीका लागि अहिलेसम्म आफ्ना तीन वटा रणनीति खेलेको बताए ।
उनले सैन्य रणनीतिमा लैजान यसभन्दा पहिला पनि अमेरिकाले नेपाललाई आईपीएसको अंग बन्यो भनेर घोषणासमेत गरिसकेको तर पछि विरोधका कारण सुनसान बनेको बताए ।
नेता गुरुङले एमसीसीको माध्यमबाट सैन्य रणनीति बनाउने चल पनि कमजोर बनेपछि अमेरिकाले देशमा भएका सरकारका अंगहरुलाई निस्तेज बनाउने काम गरिरहेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया