च्याम्पियन्स लिगः आयाक्सको सार्मथ्य कति ?

च्याम्पियन्स लिगमा बुधवार आयाक्स र लिभरपुल भिड्दै छन् । डच क्लब आयाक्सले दर्शकविनाको योहान क्रुफ्र एरिनामा प्रिमियर लिग बिजेतालाई आतिथ्यता प्रदान गर्नेछ ।
१८ महिनाअघि लिभरपुलले च्याम्पियन्स लिग उपाधि जित्दा आयाक्स सेमिफाइनलसम्म पुगेको थियो । अन्तिम चारमा टोटेनहमसँग पराजित भए पनि आयाक्सको त्यतिबेलाको च्याम्पियन्स लिग यात्राले युरोपियन फुटबलमा प्रभाव छाड्न सफल भएको थियो ।
प्रतिभाशाली यूवा खेलाडीले भरिएको त्यतिबेलाको आयाक्स र यो सिजनको आयाक्समा फरक छ । २०१८/१९ सिजनको अन्त्यसँगै धेरै खेललाडीहरु आयाक्स छाडेर युरोपका अन्य ठूला क्लबतिर लागे । त्यसपछिको सिजनमा आयाक्स कति बलियो रह्यो त ?
जसले क्लब छाडे
सन् २०१९ को समर ट्रान्सफर विन्डोमा आयाक्स छाड्ने दुई मुख्य खेलाडी थिए माथिस डे लिट र फ्रयान्की डि योङ । १९ वर्षको हुँदा आयाक्सको कप्तानी गरेका डिफेन्डर डे लिटले त्यस सिजनको च्याम्पियन्स लिगमा उत्कृष्ट प्रर्दशन गर्दै ठूला क्लबका नजर आफूतर्फ आर्कषित गर्न सफल भएका थिए । उनले त्यस सिजन युभेन्टसविरुद्वको अन्तिम सोह्रमा निर्णयक गोल गर्दै आयाक्सलाई सेमीफाइनलतर्फ डोर्याएका थिए ।
त्यस्तै टोटेनहमसँगको सेमिफाइनल खेलमा पनि उनले गोल गरे । यूरोपियन अखबारहरुमा आएका रिर्पोट अनुसार उनलाई अनुबन्धन गर्न इच्छा राख्ने क्लबहरुको सूचीमा बार्सिलोना लगायतका ठूला क्लब थिए । तर अन्तिममा बाजी मार्यो युभेन्टसले । इटालियन च्याम्पियनले डे लिटलाई ७५ मिलियन यूरो हालेर खरिद गर्यो । जसले उनलाई विश्वकै महंगो डिफेन्डर बनायो ।
यता मिडफिल्डर डे योङ भने बार्सिलोनातर्फ सरुवा भए । उनलाई क्याटलन क्लबले ८६ मिलियन युरो खर्च गरेर अनुबन्धन ग-यो । डेनिस स्ट्राइकर कास्पर डोलबर्ग आयाक्सका लागि डे लिट र डे योङ जत्तिको महत्वपूर्ण खेलाडी थिएनन् । तर उनलाई पनि आयाक्स सन्तोषजनक रकम मै बेच्न सफल भयो ।
गएको सिजन आयाक्सले च्याम्यिन्स लिगमा अघिल्लो बर्षको जस्तो प्रर्दशन दाहो¥याउन सकेन । समूह चरणबाटै बाहिरिएको आयाक्सले आफ्नो महत्वपूर्ण फर्वाड हाकिम जियचलाई ४० मिलियन यूरोमा चेल्सीमा अनुबन्धन हुन दियो । त्यस्तै अर्का मिडफिल्डर डोनी भान डे विक गत सेप्टेम्बरमा म्यानचेस्टर युनाइटेडतर्फ लागेका छन् । चार पटकको युरोपियन विजेता आयाक्सले २०१८/१९ को च्याम्पियन्स लिग सेमिफाइनल खेलेको टीमका सदस्यहरु बेच्दा करिब ३०० मिलियन यूरो जम्मा गरेको छ ।
जो आयाक्स मै रहे
केही महत्वपूर्ण यूवा खेलाडीहरुले क्लब छाडे पनि बाँँकी खेलाडी भने आयाक्स मै रहे । प्रशिक्षक एरिक टेन हागसँगै क्लबका प्रभावशाली गोलकर्ता डुसान टाडिच आयाक्समै छन् । टाडीले कारोनाबाट प्रभावित गत सिजन सोह्र गोल गरेका थिए । त्यस्तै गोलकिपर आन्द्र ओनाना, अनुभवी डिफेन्डर डेले ब्लाइन्ड, लेफ्ट ब्याक निकोलस टागलियाफिको र राइट ब्याक नुसैर माजाराओइ पनि डच पाउरहास मै छन् । अनि ब्राजिलका युवा विङगर डेभिड नेरेस पनि आयाक्स नछाडी बसेका छन् ।
नयाँँ अनुहार
आयाक्स यूरोपियन फूटबल बजारमा ठूला क्लबलाई खेलाडी बेच्ने क्लबका रुपमा परिचित छ । स्टार खेलाडी बेच्ने अनि नयाँमा लगानी गर्ने उसको शैली नै हो । गएको १८ महिनामा पनि आयाक्सले केही नयाँँ अनुहारलाई क्लबमा भित्राएको छ । सेभियाबाट डच राष्ट्रिय टोलीको सदस्य क्विन्सी प्रम्स, मेक्सिकन डिफेन्ड। एडसन अल्भारेज र ब्राजिलका यूवा खेलाडी एन्टोनीलाई आयाक्सले अनुबन्धन गर्दै टीममा सन्तुलन मिलाउने प्रयास गरेको छ । गत साता हिरनबिन माथिको जितमा आयाक्स सबै मूख्य फर्वाडहरुले गोल गरेका थिए । टाडिचले दुई गोल गरेका थिए भने एन्टोनीले अर्को गोल थपेका थिए । त्यस्तै अर्का गोलकर्ता थिए यसै सिजन डेनिस लिगबाट भित्रिएका २० वर्षीय मोहम्म्द युनुस ।
आयाक्सले यूवा प्रतिभामाथि आफ्नो भरोसा राख्न छाडेको छैन । तर आयाक्सको टीममा डेभी क्लासेन जस्ता अनुभवी खेलाडी पनि छन् । भर्जिल भान डाइक बिनाको लिभरपुल रक्षापङ्तीलाई आयाक्सका यूवा फर्वाडहरुले तोड्न सक्लान ? आयाक्ससँग यो सिजन पनि ठूला यूरोपियन क्लबहरुलाई स्तब्ध पार्न सक्ने क्षमता बाँकी छ ? उत्तर च्याम्पियन्स लिगको नतिजामा भेटिने छ ।

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

प्रतिक्रिया