एमाले दाङ अध्यक्षमा बस्नेत

बुटवल- नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् । शुक्रबारबाट सुरु भएको १३औँ जिल्ला अधिबेशनबाट जिल्ला अध्यक्षमा बस्नेत सर्वसम्मत चयन भएका हुन् । पार्टी विभाजनपछि अध्यक्षकाे जिम्मेवारी सम्मालिरहेका बस्नेत १३औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा राममणी पाण्डे, सचिवमा मनोहर बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ । यस्तै उपसचिवमा कृष्ण भुसाल र हिरा देवी पुन चयन भए । दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला हो । तीन वर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १ सय २१ सदस्यको चयन गरिएको छ ।

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

घोराही कारागारमा बायोग्यास

प्रतिक्रिया