एमाले इलाम अधिवेशन : अध्यक्षसहित सबै पदमा चुनाव हुने
इलाम - नेकपा एमाले इलामको नेतृत्व चयनको लागि भइरहेको १०औं जिल्ला अधिवेशनमा अध्यक्षसहित सबै पदाधिकारीमा निर्वाचन हुने भएको छ ।
अध्यक्षमा महेश बस्नेत र डा. देवी क्षेत्री दुलालले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपाध्यक्षमा उदयबहादुर राई र याम अधिकारीको उम्मेदवारी परेको छ ।
यस्तै सचिवमा प्रकाश अधिकारी र उमेश गुरुङको उम्मेदवारी परेको छ । दुई उपसचिवको लागि विष्णुमाया आचार्य, रमेश राई, छवि श्रेष्ठ, रवीन्द्र सुवेदी, सन्तराम योङहाङ र नरेश तामाङले उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारीसहित १०५ पाँच सदस्यीय कमिटीको लागि दुई सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया