एमाले मोरङको अध्यक्षमा पोखरेलसहित पदाधिकारी सर्वसम्मत

विराटनगर । नेकपा एमाले मोरङको जारी नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा ऋषिकेश पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा र दुई सहसचिवमा शान्ती लिम्बू र सन्तोष साह सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । १६५ सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फको मनोनयन भने जारी छ ।
अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएको जनाइएको छ । निर्वाचन समितिले भोलिमात्रै औपचारिक रुपमा घोषणा गर्ने जनाइएको छ ।
जिल्ला अधिवेशनमा १७ वटा पालिकाबाट १ हजार ४३० प्रतिनिधि सहभागी छन् । सदस्यतर्फ भने आकांक्षीको संख्या अत्याधिक रहेको जनाएको छ । पदाधिकारी बाहेक १६० सदस्य पदका लागि चार सय बढीले मनोनयन फारम किनेर लगेको निर्वाचन समितिले जनाएको छ । निर्वाचित हुने जिल्ला कमिटीमा ५५ जना महिला अनिवार्य निर्वाचित हुने जनाइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया