‘संसद र न्यायालयको समस्या समाधान गर्न दलहरु गम्भीर हुनुपर्छ’
काठमाडौँ - पूर्व राष्ट्रपति डा. रामवरण यादवले संसद, न्यायालय लगाएतका क्षेत्रमा देखिएका समस्या समाधानका लािग राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा ‘मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संविधानमाथि पटक पटक आक्रमण भएको र संसद, न्यायलय लगाएतका क्षेत्रमा समस्या देखिएको भन्दै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका हुन् ।
उनले दुई पटक संसद बिघटन गरेर संविधानमाथि आक्रमण भएको र पाँच राजनीतिक दल, नागरिक समाज र अदालतले संविधान जोगाएको उल्लेख गरे । उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई मजबुद बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेतृत्वमा पुग्नेले सत्ता दुरुपयोग गर्ने प्रवृति अन्त्य नभएसम्म मुलुकको बिकास हुन नसक्ने बताए । निरंकुश नेतृत्वलाई अन्त्य गर्न जनतामा चेतना आवश्यक रहेको उनको भनाई छ । उहाले मुलुकको तीन खम्वे अर्थनीतिलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने धारणा पनि राखे । चन्द्रदेव जोशीद्वारा लिखित उक्त पुस्तक इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया