एमाले खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत
खोटाङ - नेकपा एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल चुनिएका छन् । शनिबार दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट दंगाल सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।
नेकपा एमाले जिल्ला कमिटीको १० वैशाखदेखि १४ वैसाख २०७२ मा सम्पन्न छैठौं अधिवेशनबाट निर्वाचित अध्यक्ष बबी चाम्लिङ नेकपा ९एकीकृत समाजवादी०मा लागेपछि जिल्ला कमिटीबाट अध्यक्षमा मनोनीत दंगाल अधिवेशनमार्फत अध्यक्ष बनेका हुन् ।
एमाले जिल्ला कमिटीको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमारप्रसाद आचार्य, उपसचिवमा सुरेन्द्रकुमार राई र दिपनारायण रिजाल चयन भएका छन् । अधिवेशनले एमालेको ७५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।
‘सत्तालिप्साले जन्माएको गठबन्धनविरुद्ध एक होऔं, विकास, संवृद्धि र अग्रगतिका लागि सबै एमाले एक बनौं’ भन्ने नारासहित शुक्रबार सुरु भएको अधिवेशन प्रमुख सचेतक एवं पोलिटब्यूरो सदस्य भट्टराईले उद्घाटन गरेका थिए । न्युजकारखाना

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया