एमालेका १४ जिल्ला अध्यक्ष सर्वसम्मत चयन [सूचीसहित]
काठमाडौँ : नेकपा एमालेको जिल्ला अधिवेशनमा १४ जिल्लाको नेतृत्व चयन भएको छ । शनिबारदेखि ६१ जिल्लामा सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा १४ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो ।
झापा, पाल्पा, दाङ लगायत जिल्लाका अधिवेशनले नयाँ नेतृत्व चयन गर्दा कतिपय जिल्लामा छलफल भइरहेको छ । अध्यक्ष लगायत पदाधिकारीमा आकांक्षीको संख्या बढ्दा पनि एमालेको जिल्ला अधिवेशनमा केही जिल्लाको नेतृत्व चयनमा सकस देखिएको छ । अनि केही जिल्लामा भने बन्दसत्रको छलफल लम्बिदा नेतृत्व चयनमा ढिलाई भएको छ ।
एमाले युवा नेता विष्णु रिजालका अनुसार १४ जिल्लाका नयाँ अध्यक्षहरुको सूची सार्वजनिक गरिएको छ ।
झापा - दीपक कार्की
पाल्पा - धनेन्द्रराज घिमिरे
दाङ - हुकुमबहादुर बस्नेत
डोल्पा - शेरबहादुर बुढा
सल्यान - गोविन्द पुन
बर्दिया - लालबहादुर श्रेष्ठ
बॉके - किस्मतकुमार कक्षपति
धादिङ - भूमि त्रिपाठी
अर्घाखाची - पीताम्बर भुसाल
मोरङ - ऋषिकेश पोखरेल
काभ्रे - अशोक ब्याञ्जु
भक्तपुर - बचन देउजा
गुल्मी - बालसिंह काउछा
खोटाङ - रामप्रसाद दंगाल

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया