एमाले तेह्रथुमकाे अध्यक्षमा कन्दङवा

तेह्रथुम- नेकपा एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशनबाट तेजमान कन्दङवा सर्वसहमत अध्यक्षमा चयन भएका छन् । गत शुक्रबारदेखि सुरू भएको अधिवेशनले आइतबार नयाँ नेतृत्व सर्वसहमत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्ष सञ्जय तुम्बाहाम्फे, सचिव शिव ढुङ्गाना चयन भएका छन । यस्तै, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन् । अधिवेशनबाट जिल्ला पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन भएको एमाले तेह्रथुमले जनाएको छ । जिल्लाको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको एमालेले जिल्ला कमिटी पनि सर्वसहमत चयन गरेको छ ।
जिल्ला अध्यक्षका लागि पूर्व जिल्ला अध्यक्ष लछुमन तिवारी र कन्दङ्वाले जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । सर्वसहमत नेतृत्व चयनका लागि जिल्लाका नेताहरू निक्कै लामो कसरतमा जुट्नु परेको थियो । अधिवेशनमा लागि ६ वटै पालिकाबाट पाँच सय ५० प्रतिनिधिको सहभागी थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया